Section 21
कार्यकारी निर्देशक
(१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य गर्नको लागि समितिले हाइवे इन्जिनियरिङ्ग वा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्तिलाई खुल्ला प्रतिस्पर्धाद्वारा कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज अर्को एक अवधिका लागि कार्यकारी निर्देशकको पदमा पुन नियुक्ति हुन सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले बोर्डको हित विपरित कुनै काम कारबाही गरेमा वा समितिको नीति निर्देशन अनुरुप काम नगरेमा समितिले तोकिएको प्रक्रिया अपनाई निजलाई जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछन् ।